तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा साढे एक अर्ब

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा एक अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको तीन महिनाको तुलनामा २३.३६ प्रतिशतले वृद्धि भएको हो ।

गत वर्षको तीन महिनामा बैंकले एक अर्ब २२ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, बैंकको ब्याज आम्दानीमा भने कमी आएको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकले १४ अर्ब २० करोड ९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामा भने बैंकले ११ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको छ ।

बैंकको सञ्चालन मुनाफा बढेको छ । यो बैंकले तीन महिनाको अवधिमा दुई अर्ब १४ करोड ७४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले एक अर्ब ७९ करोड ८५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्ट्याण्डर्ड चार्टर्ड बैंकको तीन महिनाको नाफा ८६ करोड २२ लाख

काठमााडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ८६ करोड २२ …

प्रतिकृया दिनुहॊस