मनाङेले छोडेको मन्त्रालयमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई वन मन्त्रीमा नियुक्त गरेका हुन् ।

पौडेल लमजुङको प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हुन् । उनको नियुक्तिसँगै गण्डकी प्रदेश सरकारले पनि पूर्णता पाएको छ । स्वतन्त्र सांसद दिपक मनाङेलाई भौतिक मन्त्रालयबाट वनमा सारेपछि उनले मन्त्री पदबाटै राजीनामा दिएका थिए । मनाङेले छाडेको मन्त्रालयमा पौडेल आएपछि सबै मन्त्रालयले मन्त्री पाएको छ ।

गण्डकीमा ९ मन्त्रालय छन् । यसअघि ७ मन्त्रालय रहेको प्रदेशमा राजनीतिक भागबण्डा मिलाउन ७ मन्त्रालयलाई फुटाएर ९ पुर्‍याइएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएकी छन् । गृह मन्त्रालय बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई बढुवाका लागि सिफारिस गरेको हो ।

प्रतिकृया दिनुहॊस