एकै दिन ट्रयाम्फका २०० मोटरसाइकल डेलिभरी

काठमाडौं । ट्रयाम्फ मोटरसाइकल ब्रान्डले नेपालमा एकै दिन २०० वटा मोटरसाइकल डेलिभर गरेको छ । गत अगस्ट २७ मा मात्रै सार्वजनिक भएका प्रिमियम मोटरसाइकल छोटो समयमै उल्लेख्य प्रिबुक भएपछि एकै दिन डेलिभर गरिएको कम्पनीले बताएको छ ।

कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै काठमाडौंको नक्सालस्थित सोरुमबाट ट्रयाम्फको स्पीड ४०० र स्क्राम्बलर४०० एक्स मोडल डेलिभर गरेको हो ।

यी मोटरसाइकल नाडा अटो सो २०२४ मा बुक गरिएका थिए । ट्रयाम्फ नेपालको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले द जेन्टलम्यान्स क्लब समेत घोषणा गरेको छ । ट्रयाम्फ नेपालको आधिकारिक कम्युनिटी ग्रुपको राइड चाँडै घोषणा हुने र समुदायका लागि अर्थपूर्ण काम पनि गरिने कम्पनीले जनाएको छ ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले ब्रान्डको उपस्थितिलाई अझै विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले ट्रयाम्फ नेपाल भित्र्याउन पाएको खुसी व्यक्त गर्दै नेपालमा यसका थप मोडल पनि ल्याउने बताए ।

एकै दिन ठूलो संख्यामा मोटरसाइकल विशेष कार्यक्रमबीच डेलिभर गरिनु नेपाली मोटरसाइकलप्रेमीका लागि महत्वपूर्ण नयाँ सुरुआत भएको कम्पनीको विश्वास छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शर्ट सर्किटको कारण SERES विद्युतीय सवारीमा धुवाँ निस्कियो

काठमाडौं । सोमबार एक SERES ब्राण्डको विद्युतीय सवारीसाधन (EV) मा प्राविधिक खराबीका कारण शर्ट सर्किट …

प्रतिकृया दिनुहॊस