माछापुच्छ्रे बैङ्कद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

काठमाडौँ । माछापुच्छ्रे बैङ्कले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विगत केही समय अगाडी आएको बाढी पहिरो र डुबानबाट प्रभावित तथा पीडितहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले २५ लाख रुपैयाँ सहायता स्वरूप प्रदान गरेको छ ।

बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैङ्कका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा बैङ्क व्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी …

प्रतिकृया दिनुहॊस