अब सातै प्रदेशमा जलनको निःशुल्क उपचार, यी अस्पतालले दिनेछन् सेवा

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । अब देशका सातवटै प्रदेशमा जलनपीडितलाई निःशुल्क उपचार सेवा उपलब्ध हुनेछ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपचार खर्च धान्न नसक्ने नागरिकका लागि कस्मेटिकबाहेकका जलन उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णयको जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्ताव अनुसार जलनपीडितलाई निःशुल्क उपचारको सुविधा प्रदान गरिने बताए ।

प्रदेशहरूमा बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान (कोसी), नारायणी अस्पताल वीरगञ्ज (मधेस), पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी), भेरी अस्पताल नेपालगञ्ज (लुम्बिनी), सुर्खेत प्रादेशिक अस्पताल (कर्णाली), र सेती प्रादेशिक अस्पताल धनगढी (सुदूरपश्चिम) मा यो सेवा सुरु हुनेछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष करिब ५७ हजार व्यक्ति जलनको शिकार हुने गर्छन् । हालसम्म यो सेवा कीर्तिपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र सुस्मा मेमोरियल अस्पतालबाट मात्र उपलब्ध थियो । वीर अस्पतालले पनि लामो समयपछि भदौदेखि बर्न युनिट पुनः सञ्चालनमा ल्याएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

६५ रुपैयाँले बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?

काठमाडौं । अन्डाको मूल्य वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आइतबारदेखि लागु हुने गरी प्रतिक्रेटमा ५० देखि ६५ रुपैयाँसम्म अन्डाको भाउ बढेको हो ।

प्रतिकृया दिनुहॊस