ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ Building Energy Efficiency in Nepal -BEEN प्रोजेक्टमा सहकार्य समझदारी सम्पन्न

काठमाडाै । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा Building Energy Efficiency in Nepal -BEEN_ प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माणका लागी ऊर्जा कुशल प्रविधी तथा अभ्यासहरु प्रवर्धनको लागि समझदारी सम्पन्न भएको छ ।

उक्त समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधी तथा द्यभ्भ्ल् प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरेका छन् । ग्लोबल आइमई बैंकले दिगो आवास प्रवद्र्धन गर्न “ग्रीन होम लोन” विशेष कर्जा योजना लागु गर्दै आएको छ । बैंकका अनुसार, यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवर्धन गर्न सहयोग पुयाउनेछ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

भदौमा बैंक तथा वित्तिय संस्थाको खुद मुनाफा २० अर्ब, नबिल र मुक्तिनाथ अगाडि

काठमाडौं । भदौमा बैंक तथा वित्तीय संस्थाहरूले कूल २० अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । यस अवधिमा प्रमुख बैंकहरूमध्ये नबिल बैंक, विकास बैंकहरूमा मुक्तिनाथ, र फाइनान्स कम्पनीहरूमा गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले अग्रस्थान ओगटेका छन् ।

प्रतिकृया दिनुहॊस