फाइल तस्वीर

अदालतले मलाई न्याय दिनेमा निर्धक्क छु: रवी लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतले आफूलाई न्याय दिनेमा पूर्ण विश्वास रहेको वताएका छन्।सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेपछि आइतबार कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइँदा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनीले यस्ताे वताएका हुन्। मलाई न्याय अदालतले दिनेछ, म त्यसमा निर्धक्क छु। तर यो सरकारकोविरुद्ध सबै जना देशभरबाट उत्रिन आह्वान गर्दछु। मेरो लागि होइन। अदालतले मलाई न्याय दिन्छ। न्यायालयप्रति धेरै नै विश्वास छ।’ उनले वताए।

लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति भएको आरोप लगाएका छन्। ‘मलाई जस्तै डेढ वर्ष लगाएर प्रधानमन्त्री ओलीमाथि छानविन गर्ने हो भने देशमा सबैभन्दा भ्रष्टाचारी ओली नै हुनेछन्’ उनले भने। उनले आफूलाई झुटो मुद्दामा फसाइएको बताउँदै अदालतप्रति आफ्नो दृढ विश्वास रहेको र न्याय पाउनेमा आश्वस्त भएको जानकारी दिए। सहकारीको रकम ठगी गरेको आरोपमा शुक्रबार काठमाडौंबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

रविको पक्राउपछि तातियो पोखरा, निरन्तर प्रदर्शनको तयारीमा रास्वपा

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । राजनीतिक प्रतिशोधविरुद्धको भनिएको ऐक्यबद्धताका लागि दिउँसो १२ बजेपछि पोखराको पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो ।

प्रतिकृया दिनुहॊस