सिटिजन लाइफ इन्स्योरेन्स आठौं वर्षमा प्रवेश

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौं वर्षमा प्रवेश गरेको छ । सिटिजनले २०७४ साल कात्तिक २ गतेबाट व्यावसायिक करोबार सुरु गरेको थियो। कम्पनीकाे मूल नारा ‘समृद्धि तपाईंको, साथ हाम्रो’ रहेकाे छ । कम्पनीका अनुसार ७ वर्षको अवधिमा बीमितले ५ अर्ब ८० करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन् । १४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको जीवन बीमा कोष खडा गरेकाे छ ।

१९ अर्ब ८ करोड रुपैयाँ कुल लगानी रहेको यो कम्पनीसँग ३ अर्ब ३ करोड रुपैयाँ बराबरको जगेडा तथा कोष छ । कम्पनीको चुक्तापुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ । सिटिजन लाइफले ७ वर्षको अवधिमा जम्मा ९ वटा बीमालेख प्रचलनमा ल्याएको छ भने कुल ११ लाख ८९ हजार बीमित रहेका छन् । कम्पनीमा २९ हजारभन्दा बढी सक्रिय अभिकर्ता छन् । कम्पनीले प्रधान कार्यालयसमेत १३६ शाखा तथा उपशाखा कार्यालयमार्फत् जीवन बीमासम्बन्धी सेवा प्रदान गर्दै आइरहेकाे छ ।

कम्पनीले यस वर्ष बीमा सचेतनालाई विशेष प्राथमिकतामा राखेको छ । यसका साथै कम्पनीका शाखाले अन्य संघसंस्थासँगको सहकार्यमा जीवन बीमासम्बन्धी कक्षा सञ्चालन गर्ने भएको छ । हालैको अविरल वर्षाका कारण आएको बाढी-पहिरोजस्ता प्राकृतिक प्रकोपले जनधनको क्षति भएकोमा प्रभावित परिवारलाई खाद्यान्न, न्यानो कपडालगायत अन्य राहात सामग्री वितरण गरिने कम्पनीले जनाएकाे छ । त्यसैगरी विगतका वर्षझैं यस वर्ष पनि प्रधान कार्यालय र शाखाहरुमा कम्पनीले खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको जानकारी गराएकाे छ । सिटिजन लाइफले हालसम्मको प्रगतिमा साथ दिने ग्राहक, अभिकर्ता, नियमनकारी निकाय, शेयरधनी, सञ्चालक समिति, सद्भावना दूत, सञ्चारकर्मी, व्यवसायीक साझेदार, कर्मचारीलगायत सबैमा कृतज्ञता व्यक्त गरेको जानकारी दिएकाे छ ।

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रभु महालक्ष्मी लाइफका कर्मचारीको तलब भत्ता १६ प्रतिशतले बढ्यो

prabhu_mahalaxmi

प्रतिकृया दिनुहॊस