आजदेखि लाइसेन्स बोक्न नपर्ने, डिजिटल लाइसेन्सलाई मान्यता

काठमाडौं । सरकारले डिजिटल लाइसेन्सलाई मान्यता दिएको छ । वाग्मती प्रदेश सरकारले आजदेखि डिजिटल लाइसेन्स जाँच गर्ने भएको हो । अबदेखि सेवाग्राहीले नागरिक एपमा उपलब्ध रहेको सवारीचालक अनुमतिपत्र –लाइसेन्स) ट्राफिक प्रहरीलाई देखाउनसक्ने छन् । ट्राफिक प्रहरीलाई उक्त लाइसेन्स जाँच गरी कारबाही गर्न सरकारले छुट्टै स्मार्टफोन उपलब्ध गराएको छ ।

नागरिक एपमा रहेको लाइसेन्ससँगै एउटा क्यूआर देखिने छ । ट्राफिक भोयलेसन रजिस्ट्रेसन सिस्टम (टीभीआरस) मात्रै चल्ने फोन ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको छ । उक्त फोनबाट ट्राफिकले नागरिक एपको क्यूआर देखाउने व्यक्तिको क्यूआर स्क्यान गर्ने छ र लाइसेन्स चेक गर्नेछ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

तीन वटै विमान उडानमा छन् : वायुसेवा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा आएको जनाएको छ …

प्रतिकृया दिनुहॊस