प्रतिकात्मक तस्बिर

होटलमा २ दिनसम्म थुनेर नाबालिगमाथि सामूहिक बलात्कार

रूपन्देही । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । असोज २७-२८ गते भएको उक्त घटनामा संलग्न आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । २ दिनपछि प्रहरीले घटना विवरण सार्वजनिक गरेको हो । १२ वर्षीया नाबालिगलाई ५ जनाले ललाईफकाई कोहलपुरस्थित न्युरोडको होटलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाँके बैजनाथ-१ का २४ वर्षीय डम्बरबहादुर रोकाया, १९ वर्षीय निशान रोकाया, विजय कार्की, गाभर बस्ने निर्मल थापा र करेली बस्ने जीवन रोकाया छन् ।

उनीहरुले २७ गते नाबालिगलाई फकाएर न्युरोडस्थित यात्री होटल पुर्‍याएका थिए । पहिलो दिन २ जनाले र  भोलीपल्ट अन्य होटलमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी धर्मराज भण्डारीले बताए । घटनापछि फरार ५ जनालाई बैजनाथको विभिन्न ठाउँबाट पक्राउ गरिएको थियाे।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस