महिनाभरी नोवेलले दियो स्तन क्यान्सरको उपचारमा सहुलियत

विराटनगर । विश्वभर स्तन क्यान्सरको सचेतना फैल्याउने उद्देश्यले अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइँदै आएको छ । यसै अवसरमा स्तन क्यान्सरको सचेतना, समयमा नै पहिचान र सुलभ रुपमा उपचार सेवा पुर्याउन विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले अक्टोवर महिना भरी नै विशेष सहुलियतमा उपचार प्रदान गर्ने योजना ल्याई यो कार्यक्रम मनाउन लागेको हो ।

विश्वभरी नै महिलामा हुने क्यान्सरहरू मध्ये स्तन क्यान्सर पहिलो श्रेणीमा आउने गरेको छ । क्यान्सरको कारण मृत्यु हुनेमा स्तन क्यान्सर पनि प्रमुख रहेको छ । सुरुआती समयमा नै यसको पहिचान भयो भने यो पूर्णरुपमा निको हुन्छ । त्यसैले अस्पताल सम्म आई जाँच गराई स्तन क्यान्सरको पहिचान र उपचारमा संलग्न हुन सहयोग पुग्ने अभिप्रायले नोवेल शिक्षण अस्पतालले मेमोग्राफी परीक्षणमा ७५ प्रतिशत, बायोप्सी परीक्षणमा ५० प्रतिशत र रोग पहिचान भइसके पछि अन्य सामान्य उपचारमा ५० प्रतिशत, स्तन क्यान्सरको शल्यक्रियामा २५ प्रतिशत र रेडिएसन थेरापीमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

“क्यान्सरको जनचेतनामा अझै हामीले धेरै गर्न आवश्यक छ ।” अस्पताल निर्देशक डा. राजेश नेपालले बताए । उनका अनुसार हाल क्यान्सरको पहिचान देखि उपचारका सबै सुविधा नोवेलमा उपलब्ध रहेकोले महिलाहरुलाई परीक्षण गरी स्तन क्यान्सर भए नभएको पहिचान गर्न सजिलो हुने र क्यान्सर भएको पत्ता लागेमा उपचार पनि सहजै प्राप्त गर्न सकिन्छ । “पहिला जस्तो अव उपचारका लागि भारत नै जानुपर्ने अथवा भरतपुर गएर महिनौं पालो पर्खनुपर्ने अवस्था छैन” उनी बताउँछन् ।

नोवेलका क्यान्सर रोग विशेषज्ञ डा.प्रदिप भण्डारीका अनुसार स्तन क्यान्सरको उपचारमा शल्यक्रिया, केमो थेरापी, हर्मोनल थेरापी, टार्गेटेड थेरापी र रेडिएसन थेरापी आवश्यक पर्दछ । यी सबै सुविधा नोवेलमा उपलब्ध छ । “रेडिएसन गर्न नेपाल मै पहिलो पटक भेरियन कम्पनीको एज मेशिन नोबेलमा जडान भएको छ जुन भारतमा पनि औंलामा गन्न सकिने अवस्थामा छ । स्तन क्यान्सरको लागि म्यामोसाइट प्रविधि पनि यहाँ छ” उनी बताउँछन् ।

सन् १९८५ बाट अमेरिकी क्यान्सर सोसाइटीले सुरु गरेको एक सप्ताहव्यापी स्तन क्यान्सर सचेतना कार्यक्रमबाट सुरु भएको यो अभियान बार्षिक विभिन्न नाराका साथ मनाइने गरिएको छ । यस बर्षको नारा “कसैले एक्लै स्तन क्यान्सरको सामना गर्न हुँदैन” रहेको छ । स्तन क्यान्सरको विषयमा जनचेतना फैल्याएर स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा नै पत्ता लागेको खण्डमा स्तन क्यान्सरको सहजै पूर्ण उपचार सम्भव रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ह्याम्स अस्पतालले नयाँ भवनबाट सुरु गर्‍यो ओपीडी सेवा

काठमाडौं । भक्तपुरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडमा स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ युगको सुरुआत भएको …

प्रतिकृया दिनुहॊस