पाँचतारे होटल अन्नपूर्णले गर्‍यो आईटीसीसँग व्यवस्थापन सम्झौता

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णले स्क्वायरले भारतको प्रख्यात लक्जरी हस्पिटालिटी आईटीसी होटेल्ससँग व्यवस्थापन सम्झौता गरेको छ । यससँगै अहिले सञ्चालनमै रहेको ठाउँमा पुनर्निर्माण र थप सुविधा थप्दै आईटीसी होटेल्सले ‘वेलकमहोटेल’ ब्रान्ड अन्तर्गत पाँचतारे होटल अन्नपूर्णको व्यवस्थान गर्ने भएको हो ।

कम्पनीले नेपालको हस्पिटालिटी क्षेत्रमा यो एक नयाँ महत्वपूर्ण फड्को भएको जनाएको छ । काठमाडौंमा भएको हस्ताक्षर समारोहमा आईटीसी होटेल्सले विश्व स्तरको व्यवस्थापन, दिगोपन र वर्षाैंको अनुभवसहित नयाँ पाँचतारे होटेल सञ्चालन गर्ने बताएको छ ।

अन्नपूर्ण स्क्वायरले नयाँ लक्जरी हस्पिटालिटीसँगै परम्परागत हेरिटेजलाई कायम राख्ने बताएको छ । आईटीसी होटेल्सका लागि नेपालमा यो दोस्रो अन्तर्राष्ट्रिय परियोजना हुने भएको छ । यसअघि उपत्यकाको भक्तपुरमा कम्पनीले फच्र्युन रिसोर्ट एन्ड वेलनेस स्पा सञ्चालनमा ल्याएको छ । गत अप्रिलमा यसले श्रीलंकामा आईटीसी रत्नदिपा सञ्चालनमा ल्याएको थियो ।

अन्नपूर्ण स्क्वायरका अध्यक्ष मीनबहादुर गुरुङले पुनर्निर्माणको क्रममा रहेको होटल २०८५ वैशाख १ गते सञ्चालनमा आउने बताए । आईटीसी होटलका प्रमुख कार्यकारी अनिल चड्डाले सम्झौता एतिहासिक भएको बताए ।

यस्तो हुनेछ नयाँ होटल

यसमा ३१८ वटा कोठा र ३० सर्भिस विभाग रहने बताइएको छ । चार कन्फरेन्स हल, सपिङ, मनोरञ्जनलगायतसुविधा रहनेछ । आईटीसी होटेल्सले दैनिक व्यवस्थापनको काम गर्नेछ । सन् २०२८ को अप्रिल सम्ममा फाइभ–स्टार स्तरको सेवासहित होटेल सञ्चालनमा आउने गरी सम्झौता भएको छ ।

दीर्घकालीनरुपमा होटेलमा वातावरणमैत्री तथा उर्जामैत्री प्रविधि प्रयोग गरिने बताइएको छ । सम्झौता समारोहमा अध्यक्ष गुरुङले यो सम्झौता नेपालको पर्यटन उद्योगमा कोसेढुंगा भएको बताए ।

उनले भने,“यो सहकार्य नेपालको पर्यटन उद्योगमा महत्वपूर्ण कोसेढुंगा हो । आईटीसीको दक्षताले होटेल अन्नपूर्णलाई असामान्य ल्यान्डमार्क बनाउने आकांक्षासँग मेल खाएको छ । यस सहकार्यबाट हामीले काठमाडौंमा विश्वस्तरको लक्जरी हस्पिटालिटी दिँदै, यस क्षेत्रमा नयाँ मापदण्ड सेट गरी विश्वभरका पर्यटकलाई तान्न सफल हुनेछौं ।”

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खाद्यले २१ असोजदेखि खसीबोका र च्यांग्रा बिक्री गर्ने, कति पर्ला मूल्य ?

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दसैँमा एक हजार ७०० खसीबोका र …

प्रतिकृया दिनुहॊस