२८ महिनामा लगानीकर्ताले सवा ७ खर्ब गुमाए

काठमाडाैं । पछिल्लो २८ महिनामा सेयर बजार परिसूचक (नेप्से) करिब ४० प्रतिशतले घटेर आइतबारसम्ममा ११३.८९ अंकमा झरेको छ। यो अबधिमा परिसूचक ७५१ प्रतिशतले घटेको छ। जबकि ०७३ साल साउन १२ मा नेप्से १८८१ अंकमा पुगेको थियो।

सूचीकृत कम्पनीको न्यून लाभांश तथा बैँकिङ प्रणालीको ब्याजदरमा कमी नआएपछि त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको जानकारहरु बताउँछन्। यो खबर आजको कारोबार दैनिकमा भुवन पौडेलले लेखेका छन्।

विगत २८ महिनालाई फर्केर हेर्ने हो भने नेपाल राष्ट्र बैँकले बैँक तथा वित्तिय संस्थाको ४ गुणासम्म पूँजी वृद्धि गर्ने नीति लिएपछि हदप्रद पाउने आशमा बजार प्रवेश गरेका लगानी कर्ता नै अहिले समस्यामा परेका हुन्।

हदप्रद सेयरलाई पनि प्रतिफल मानेर सेयर बजारका लगानीकर्ताले यो अवधिमा ७ खर्ब २२ अर्ब रुपैयाँ गुमाईसकेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अख्तियारद्वारा सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद …

प्रतिकृया दिनुहॊस