Dipendra Singh Airee of Nepal makes their way off after not out during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Qatar held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 13, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउण्डरको विश्व वरीयताको दोस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउण्डरतर्फ दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।

दीपेन्द्र करियरकै उत्कृष्ट वरीयतामा पुगेका हुन्, यसअघि उनी छैटौं स्थानमा थिए । यस्तै टी–२० अलराउण्डर वरीयतामा गुल्सन झा ११ स्थान सुधार गर्दै ५६ औं, कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६० औं स्थानमा आइपुगेका छन् । करण केसी ७१औं स्थानमा छन् । टी–२० बलरको वरियतामा दीपेन्द्र ७१औं स्थानमा छन् ।

सोमपाल कामी ९१ स्थानमा छन् । अन्य कुनै पनि नेपाली बलर शीर्ष १०० भित्र छैनन् । ब्याटिङतर्फ दीपेन्द्र ४३औं नम्बरमा छन् । रोहित पौडेल ६१औं, आसिफ शेख ७०औं र कुशल मल्ल १००औं स्थानमा छन् । यो वरीयतामा इङ्गल्याण्डका लायम लिभिङ्गस्टोन शीर्ष स्थानमा यथावत् छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग पराजित

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गत मंगलबार सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds