मुक्तिनाथ क्यापिटलको साधारणसभा सम्पन्न, शेयरधनीलाई नगद लाभांश

काठमाडाैं । मुक्तिनाथ क्यापिटल लिमिटडको १५औं वार्षिक साधारणसभा असोज ११ गते सम्पन्न भएको छ । उक्त साधारणसभा काठमाडौंमा संस्थाका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तको वासलात र सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरेको थियो ।

त्यस्तै, सभामा सेयरधनीलाई चुक्ता पूँजीमा ७.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

उक्त साधारणसभाले आव २०८१/०८२ को लेखापरीक्षण गर्नका लागि नगरकोटी सुसन एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

साथै, उक्त सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेल फाउन्डेसनद्वारा निग्लिहवा, कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । एनसेल फाउन्डेसनद्वारा प्रदेशस्तरमा सञ्चालन भइरहेको सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds