इक्यानको ‘शैक्षिक मेला’ असोज १६ मा, विद्यार्थी र अभिभावकलाई मार्गनिर्देशनको सुनौलो अवसर

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गर्न लागेको ‘१५औं इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ अब असोज १६ गते बुधबार आयोजना गरिने भएको छ ।

यसअघि मेलाको मिति असोज १३ गते आइतबारलाई तय गरिएको थियो, तर उपत्यका लगायत देशभर परेको अविरल वर्षाका कारण मेलालाई केही दिन पर धकेल्नुपर्ने परिस्थिति उत्पन्न भएको थियो । सोही कारणले मेला अब असोज १६ गते हुन लागेको हो ।

मेलाको मुख्य उद्देश्य अभिभावक र विद्यार्थीहरूलाई शिक्षासम्बन्धी सही जानकारी तथा परामर्श प्रदान गर्नु हो । यस मेला विशेषतः विदेशमा उच्च शिक्षा हासिल गर्ने सोच बनाइरहेका विद्यार्थीहरू र उनीहरूका अभिभावकका लागि निकै महत्वपूर्ण रहेको छ । इक्यानले यस मेलामा सहभागी भएर विद्यार्थीहरूले आफूले चासो राखेका देशका विश्वविद्यालय र कलेजहरूका बारेमा प्रत्यक्ष जानकारी लिन सक्ने अवसर प्राप्त गर्ने बताएको छ ।

मेलामा भारत, चीन, बंगलादेश, श्रीलंकालगायत अन्य विभिन्न मुलुकका विश्वविद्यालय र कलेजहरूको सहभागिता रहनेछ । नेपालमै रहेका उच्च शिक्षा प्रदान गर्ने प्रतिष्ठित कलेजहरूका प्रतिनिधिहरूले पनि मेलामा आफ्नो उपस्थित गराउँदै विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक कोर्सहरूबारे विस्तृत जानकारी दिनेछन् ।

शैक्षिक मेलामा सहभागी विद्यार्थीहरूले विभिन्न शैक्षिक गन्तव्यहरूको बारेमा जानकारी लिनसक्नेछन्, जसले उनीहरूलाई उपयुक्त विश्वविद्यालय छनोट गर्न सहयोग पुर्याउँने अपेक्षा गरिएको छ । मेला विद्यार्थीहरूलाई उनीहरूको भविष्यलाई अझ बलियो र सुनिश्चित बनाउने दिशामा मार्गनिर्देशन गर्ने एक सुनौलो अवसरको रूपमा रहेको इक्यानले जनाएको छ ।

मेला काठमाडौंको एभरेष्ट होटलमा आयोजना हुनेछ, जहाँ विद्यार्थी तथा अभिभावकहरूले प्रत्यक्ष रूपमा परामर्श सेवा प्राप्त गर्न र आफ्ना प्रश्नहरूको उत्तर पाउन सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उच्च बिन्दुबाट तल झर्न थाल्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुबाट निरन्तर घट्न थालेको छ । साताको तेस्रो …

प्रतिकृया दिनुहॊस

This will auto close after