रानी शाक्यको स्वरमा ‘देउन साथ’

काठमाडौं । रानी शाक्यको स्वरमा रहेको गीत ‘देउन साथ’ सार्वजनिक भएको छ । नारायण बाबुको शब्द तथा संगीत, र सन्दीप कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

नम्रता केसीको कोरियोग्राफी र प्रहिल कार्कीको निर्देशन रहेको गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई रोमान्टिक रूपमा देख्न सकिन्छ ।

भिडियोमा हरि हुमागाईंको छायांकन र माधव बेलवासेको सम्पादन छ । देशबाहिर अमेरिकामा रहेर पनि शाक्य निरन्तर गायन क्षेत्रमा हुनुहुन्छ । उहाँले यसअघि दर्जनौ गीत श्रोता/दर्शकमाझ ल्याइसक्नुभएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोविन्दालाई लाग्यो गोली, अस्पताल भर्ना

काठमाडौँ । बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरबाट खुट्टामा गोली लागेको छ । गोविन्दा मुम्बईस्थित आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after