दाउन्नेमा एकतर्फी सडक सञ्चालन

काठमाडौं । सोमबार नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध रहेको पूर्व–पश्चिम राजमार्ग आज (मंगलबार) बिहानबाट एकतर्फी रूपमा सुचारु भएको छ । आज बिहानबाट डाइभर्सन निर्माणसँगै सडक एकतर्फी सञ्चालनमा आएको हो ।

बर्दघाट नगरपालिका–४ खुर्सानीखोला नजिकै हिजो सडक भासिँदा पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको थियो । हिजो राति ११ बजे बाट डाइभर्सन निर्माणको काम सुरु गरिएको थियो । यससँगै अलपत्र परेका साना सवारीसाधनका साथै यात्रुबाहाक बस गन्तव्यतर्फ लागेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताएकी छन् । सडक दुईतर्फ खुल्न केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घरजग्गा कारोबारमा छाएन उत्साह, मन्दी कायमै

काठमाडौं । लामो समयदेखि मन्दीमा फसेको घरजग्गा कारोबारले दशैं तिहारपछि गति लिने धेरैको अपेक्षा थियो । तर, दशैं तिहारपछि पनि घरजग्गा कारोबारमा उत्साह छाउन नसकेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ । कात्तिकमा देशभरी ३३ हजार ५१४ घरजग्गाको लिखत पारित भएको विभागले जनाएको छ । यो संख्या अघिल्लो महिना अशोजको तुलनामा सामान्य बढी हो ।

प्रतिकृया दिनुहॊस