किशनलाल दुगड ‘जैन समाज रत्न’ बाट सम्मानित

काठमाडौँ । के.एल. दुगड समूहका अध्यक्ष तथा समाजसेवी किशनलाल दुगडलाई भारत जैन महामण्डलले मुम्बईमा ‘जैन समाज रत्न’ पुरस्कारबाट सम्मानित गरेको छ । यो सम्मान भारतको लोकसभाका सम्माननीय सभामुख ओम बिरलाले प्रदान गरेका थिए ।

यस किसिमको सम्मान प्राप्त गर्ने दुगड पहिलो र एक मात्र नेपाली व्यक्तित्व हुन् । कार्यक्रममा सम्माननीय सभामुख, प्रधानन्यायाधीश धनञ्जय चन्द्रचुड लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

जैन समाज रत्न पुरस्कार समाजको उत्थान, विशेष गरी जैन समुदायभित्र सामाजिक सेवाको क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने व्यक्तिहरूलाई दिइन्छ । सन् १८९९ मा स्थापना भएको भारत जैन महामण्डलले जैन समुदायलाई सामाजिक सेवाका लागि एकजुट गर्ने लक्ष्य राखेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उच्च बिन्दुबाट तल झर्न थाल्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुबाट निरन्तर घट्न थालेको छ । साताको तेस्रो …

प्रतिकृया दिनुहॊस

This will auto close after