नेशनल लाइफद्वारा गण्डकी प्रदेशका अभिकर्ता सम्मानित

कास्की । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि‍.ले पोखरामा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम आयोजना गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क सङ्कलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२५ जना भन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले शुभारम्भ गरेको सम्मान कार्यक्रममा गण्डकी प्रदेशबाट अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरिएको थियो । सो प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले गण्डकी प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अङ्कित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सूर्यज्योति लाइफले सार्वजनिक गर्‍यो नयाँ बोनस दर, कुनमा कति दिन्छ ? (सूचनासहित)

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष …

प्रतिकृया दिनुहॊस