बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।

नाडा अध्यक्ष करण चौधरीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक किरण बज्रचार्यलाई वाइवाइ चाउचाउ ५० कार्टुन र जुस ८० कार्टुन हस्तान्तरण गरेको हो।

अविरल वर्षाको चपेटामा परेको अवस्थामा नाडाका अध्यक्ष चौधरीले सो राहत सामग्रीहरु हस्तान्तरण गरेको नाडाले जनाएको छ।

उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष राजन बाबु श्रेष्ठ र प्रहरी कार्यालयका तर्फबाट प्रहरी वरिष्ठ उपरिक्षक बिनोद घिमिरे समेतको उपस्थिति रहेको थियो।

नाडाले विगतदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता राहत सामाग्रीहरु सम्बन्धित निकायहरुलाई वितरण गर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिभिल मलको दशैँ अफर

काठमाडौं । सिभिल मलले दशैँ-तिहारका अवसरमा महोत्सव २०८१ को घोषणा गरेको छ । कात्तिक २२ …

प्रतिकृया दिनुहॊस