झ्याप्लेखोलामा पुरिएको बसबाट निकालियो तीन शव फेला

काठमाडौं । काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको फेला परेको छ । एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी रहेको नागढुंगाका डीएसपी सूर्य सुवेदीले जानकारी दिए ।

उक्त पहिरोमा थप तीन वटा शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान भएको छैन । गोरखाबाट शुक्रबार बिहान छुटेको बस हुन सक्ने आशंका गरिएको भए पनि पुष्टि भने भइसकेको छैन ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रालिले जनाएको छ । समितिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजे काठमाडौं नजिक खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्कबाहिर रहेको छ । उक्त बस नै झ्याप्लेखोलामा गएको पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बसपार्कमा छैन दसैँको अग्रिम टिकट काट्नेको ठूलो भीड

काठमाडौं । सरकारले शनिबारबाट दसैँका लागि लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

प्रतिकृया दिनुहॊस