मुग्लिङ-नारायणगढ सडक खण्डमा माइक्रो र ट्यांकर ठोक्किँदा १६ जना घाइते

काठमाडौं । मुग्लिङ-नारायणगढ सडक अन्तर्गत चितवनको भरतपुर-२९ पन्ध्रकिलो भन्ने स्थानमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

मुग्लिङबाट नारायणगढ जाँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो र नारायणगढबाट मुग्लिङ आउँदै गरेको बा.प्र.०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर गएराति साढे ११ बजेतिर ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

प्रहरीका अनुसार घाइते सबै माइक्रो बसका चालकसहितका यात्रु हुन्। दुर्घटनामा घाइते भएकामध्ये १६ जनालाई चितवन मेडिकल कलेजमा उपचार गराइएको छ। चारजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त ट्याङ्कर चालक २९ वर्षीय पेमा लामा इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस