‘रेड नोटिस’ जारी भएका ३ फरार अभियुक्तहरु दुबईबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई दुबईबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार रेड नोटिस जारी भएका भूपेन्द्र बोहोरा र रियाज भनिने कबिर बुढाथोकी दुबईबाट पक्राउ परेका छन् । उनीहरु दुवै जना ठगी सम्बन्धी मुद्दामा फरार रहेका थिए ।

त्यस्तै जर्बजस्ती करणीका फरार रोमन कार्कीलाई पनि दुबईबाट नै पक्राउ गरिएको छ । उनीहरु तीनै जनालाई बुधबार नेपाल ल्याइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशभर वर्षा, कहाँ-कहाँ छ उच्च जोखिम ?

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँ–ठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो ।

प्रतिकृया दिनुहॊस