पार्टी कार्यालय आउन कार्यकर्तालाई रास्वपाको सर्कुलर, आन्तरिक छलफलमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने भएपछि आकस्मिक बैठक बोलाइएको छ । पार्टीले काठमाडौं उपत्यकाका कार्यकर्तालाई आइतबार साँझ केन्द्रीय कार्यालयमा भेला हुन भनेको छ ।

मोबाइलमा सन्देशमार्फत तुरुन्त पार्टी कार्यालयमा आउन रास्वपाले कार्यकर्तालाई आग्रह गरेको छ । सभापति रवि लामिछाने सहितका नेताहरु पार्टी कार्यालय बनस्थलीमा रहेको बताइएको छ ।

तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक समेत रहेका पार्टी सभापति लामिछाने पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला बोलाएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । सूर्यदर्शन …

प्रतिकृया दिनुहॊस