नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा घुर्मीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले उदयपुर जिल्ला कटारी नगरपालिका वडा नम्बर १४ मा मंगलबारदेखि घुर्मी शाखा सञ्चालनमा ल्याएकोे हो ।

बैंकका कोसी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

मंगलबारदेखि नै नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवा सुरु भएको छ । हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री