पलेशासहित पारा खेलाडीलाई एनसेल फाउन्डेसनले गर्‍यो नगदसहितको सम्मान

काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्समा नेपाली खेलकुदको क्षेत्रमा देशका लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशागोबर्धनलाई १० लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।

राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशासहित सहभागी पाँच सदस्यीय टोलीलाई नगदसहित पुरस्कृत हो ।

आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनबाट पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।

पलेशाका प्रशिक्षक कविराज नेगी लामाले तीन लाख नगद पुरस्कार पाए । त्यसैगरी, तेक्वान्दो खेलाडी भरहसिंहमहता, पौडी खेलाडी भीमबहादुर कुमाल, र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही एक लाख नगद पुरस्कार प्राप्त गरे ।

“यो सम्मानले हामी पारा खेलाडीहरूको हौसला झन् बढाएको छ र अब देशका लागि स्वर्ण पदक नै ल्याउने मेरो उद्देश्य छ । एनपीसीसँगको सहकार्यमा हाम्रो ओझेलमा परेको पारा खेलकुदको विकासमा योगदान पुर्‍याइदिनुभएकोमा एनसेलप्रति आभारी छु,” पलेशाले भनिन् ।

पारा खेलाडीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणी उपाध्याय, एनपीसीकी अध्यक्ष राधा घले र एनसेलकी कर्पोरेटकम्युनिकेसन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्तरूपमा पुरस्कार वितरण गरे ।

सोही कार्यक्रममा एनपीसी नेपालले पारालिम्पिक खेलप्रति चासो राखी यसको विकासमा पुर्‍याएको सहयोगको उच्च मूल्यांकन गर्दै पारा खेलाडीलाई उच्च मनोबल र हौसला प्रदान गरकामा एनसेललाई पनि सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्री चौधरीलगायतले एनसेललाई सम्मान गरेका हुन् ।

“एनसेल फाउन्डेसनको भर्खरै भएको शुभारम्भसँगै देशको लागि ऐतिहासिक पदक दिलाउन सफल पलेशासहित अन्य पारालिम्पियनलाई नगद पुरस्कारले सम्मान गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले भनिन् ।

“एनपीसीसँगको सहकार्यमा हामी राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै एक बलियो साथ दिन प्रतिबद्ध छौँ,” उनले भनिन् ।

पलेशाले ऐतिहासिक पदक जितेपछि एनसेलले नगद पुरस्कारसहित उनलाई र अन्य सहभागी पारा खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने घोषणा गरेको थियो । एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८औँ वार्षिकोत्सवको अवसरमा आफ्नो सीएसआर अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो ।

यस सहकार्य अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहयोग गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फुडमाण्डुको ‘बडा धमाका’ : ५०% सम्मको छुट

काठमाडौँ । फुड डेलिभरी कम्पनी फुडमान्डुले दसैँको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds