यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज २४ गतेबाट दशैंको फूलपातीमा प्रदर्शन गर्ने तयारीमा रहेको गीत ‘ब्रेकप’ सार्वजनिक भएको हो ।

गीतमा फिल्मका प्रमुख अभिनेता दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा), अभिनेत्री दीपाश्री निरौला र वर्षा शिवाकोटी, फिचर्ड रहेका छन् । भिकारीको रूप अर्का कलाकार सुरवीर पण्डित ‘दाह्री बा’ पनि देखिएका छन् । गीतमा बावुल गिरिको स्वर लय रहेको छ । त्यस्तै दीपाश्री निरौलाको स्वयंको स्वर पनि रहेको छ ।

गीतको भावले प्रेममा धोका पाउँदाको छटपटी र वास्तविकतालाई समेटेको छ । प्रेमसम्बन्धमा रहँदाको अनुभव र प्रेममा धोका पाएपछि प्रेमीमा पर्ने असर बारे देखाइएको छ ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्रमा हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन, दीपकराज स्वयंको पटकथा लेखन, दीपक, केदार घिमिरे र दिलीप तामाङको कथा र संवाद, रोशन श्रेष्ठको द्वन्द्व तथा विपिन मल्लको सम्पादन छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तेलभिसाले ल्यायो ‘तुकुनको मुकुन मन पर्‍या’, शान्तिश्री र साइराजको स्वर (भिडिओसहित)

काठमाडौं । फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक भएको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds