व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन आएको छ : प्रकाशमान सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तनसँगै नागरिकको अवस्थामा पनि परिवर्तन आएको बताएका छन् ।

मंगलबार धनगढी उपमहानगरपालिकाको १० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सिंहले व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन भन्ने भाष्य बनाउन खोजिएको भए पनि त्यो गलत भएको बताए । ‘त्यस्तो होइन, २०४६ सालअघि धनगढीकै अवस्था कस्तो थियो, अहिले कस्तो छ तुलना गरेर हेरौं न, परिवर्तन त भएका छन् नि’, उनले भने ।

सडक, खानेपानी, शिक्षा र स्वास्थ्य लगायत क्षेत्रमा पहिलेकोभन्दा तुलनात्मक रूपमा अहिले राम्रो हुँदै गएको उनले बताए । ‘हामी आफैले परिवर्तन महसुस गरेका छौं भने त्यो अवस्थामा परिवर्तन भएको हो’, उनले भने । सिंहले सरकार घरीघरी परिवर्तन भइरहँदा नैराश्यता देखिएकोले संघीय संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर अहिलेको सरकार बनाइएको बताए ।

विगतका सरकारले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले काम अघि बढाइरहेको उनले दाबी गरे । जनअपेक्षा अनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको सिंहले जानकारी दिए । उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले आवश्यक कानुन बनाएर जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds