आज विश्वकर्मा पूजा

काठमाडौं । असोज संक्रान्तिको अवसरमा म‌गलबार विश्वकर्माको पूजा गरिँदैछ।

शिल्प र प्रविधिसम्बन्धी काम गर्नेहरूले विश्वकर्माको पूजा–आराधना गर्छन्। यो दिन विश्वकर्मासँगै बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रहरूको पूजा गर्ने चलन छ।

प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन्। विश्वकर्मा खुशी भए उनको गुण आफूमा प्राप्त हुने विश्वासमा कालिगढ उनको पूजा-आराधना गर्छन्।

विश्वकर्मा विशेषगरी प्रविधि र शिल्पका देवता मानिन्छन्। पौराणिक तथा संस्कृत साहित्यमा विश्वकर्मा ठूला वास्तुविद् भएको उल्लेख छ। द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाएर लुकाएको बताइन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री