मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशत छुट पाउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकहरुलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान गर्न व्यवसायिक सम्झौता भएको छ ।

एक कार्यक्रम बीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ्ग विभाग प्रमुख विनय रत्न शाक्य र बुद्ध एयरको तर्फबाट मार्केटिङ्ग सेल्स्का निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता बमोजिम अगामी दिनमा मुक्तिनाथ विकास र्बैकको मोबाईल बैंकिङ्ग तथा भिजा कार्ड प्रयोग गर्ने सबै ग्राहकहरुले बुद्ध एयरको टिकट काउन्टरबाट हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने छन् । बुद्ध एयरका मार्केटिङ्ग सेल्स्का निर्देशक रुपेश जोशीले अब केहि दिन भित्रमा बुद्ध एयरको मोबाइल एपबाट समेत सो सुविधा लिन सक्ने व्यवस्था मिलाउने जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संस्थागत सामाजिक उत्तरदायित्वमा योगदानका लागि ज्योति विकास बैंक सम्मानित

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत उल्लेखनीय योगदान पुर्‍याएकाले ज्योति विकास बैंक सम्मानित भएको …

प्रतिकृया दिनुहॊस