काठमाडाैं । बेलायतस्थित द फाइनान्सियल टाइम्सले प्रदान गर्दै अाएकाे ‘बैंक अफ दि इयर २०१८’ काे अवार्ड एनएमबी बैंकले पाएकाे छ । एनएमबीले २०१७ मा पनि यस्ताे अवार्ड पाएकाे थियाे ।
लगातार उपाधि पाएकोमा खुशी व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले आफ्ना कर्मचारीलाई बधार्इ तथा शुभकामना व्यक्त गरेका छन् । बैंककाे रणनीतिलार्इ कार्यान्वयन गर्न कर्मचारीले पुर्याएकाे याेगदानकाे कदर गर्दै ग्राहकलार्इ उत्कृष्ट सेवा दिन प्रेरित गरेका छन् ।
उनले यो अवसरमा आगामी दिनमा मूल्य मान्यतामा आधारित दिगो बैंकिङ सेवा प्रदान गर्ने कार्ययोजनाअनुसार अगाडि बढ्ने र भविष्यमा अझ धेरै सम्मानहरु हासिल गरी सारा सरोकारवालाहरुलाई समेत उच्च प्रतिफल दिने घोषणा समेत गरेका छन् ।
तपाईंको प्रतिकृया



