तीन दिन अति भीषण वर्षाको प्रक्षेपण, सुदूरका ६ जिल्ला उच्च जोखिममा

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालकेन्द्रित भीषण वर्षाको प्रक्षेपण गरिएको छ । भारतको मध्यप्रदेश क्षेत्रमा विकसित भएको न्यूनचापीय रेखा (हावाको चाप कम भएको क्षेत्र)का कारण पश्चिममा भीषण वर्षाको प्रक्षेपण गरिएको हो ।

आज (बिहीबार) साँझदेखि शनिबारसम्म तीन दिन गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा धेरै वर्षा हुने अनुमान छ । त्यसमा पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा अत्यधिक वर्षा हुने चेतावनी दिँदै महाशाखाले बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम र सुर्खेत बाढीपहिरोको उच्च जोखिममा रहने भन्दै सचेत गराएको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतः बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति सुदूरपश्चिम प्रदेशमा साधरणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधरणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको  छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी देखी अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भारी वर्षा हुने स्थानमा भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले डुबानको समस्या आउने महाशाखाको भनाइ छ । ‘शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध छ’, विशेष सूचनामा भनिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मको टिकट बुक

काठमाडौं । सर्वसाधारणका लागि खुला गरिएपछि पहिलो दिन धरहरा चढ्नेहरुको भीड लाग्यो । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds