चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ नेपाली बजारमा

काठमाडौँ । सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङको लन्च गरेको छ । एक्सपेङले नेपाली बजारमा पहिलो पटक आफ्नो जी६ भेरियन्ट सार्वजनिक गरेको हो भने जसको मूल्य रु ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेङले नेपालमा पनि स्वचालित ड्राइभिङ र SEPA 2.0 प्रविधिहरू ल्याएको विज्ञप्तिमार्फत जनाएको छ । एक्सपेङ जी६ मा 440nm टर्क, 190kW पावर र 435km रेन्ज जस्ता विशेषताहरू छन् ।

साथै यसको ब्याट्री क्षमता 66 kWh छ र यसमा एलुमिनियम डाइ-कास्ट च्यासिस, अगाडि र पछाडि दुवैमा 50-50 लोड अनुपात रहेको कम्पनीले जनाएको छ । थप सुविधाहरूमा संसारकै उत्कृष्ट एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) र ९-डायमेन्सन ब्याट्री सेफ्टी सामेल रहेको जनाइएको छ ।

सो गाडीको बुकिङ र टेस्ट राइडका लागि थापाथली शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds