पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा रमेश विष्ट

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश विष्टले सम्हालेका छन् । महासंघका उपलब्ध पदाधिकारी तथा सदस्यहरूको आजको बैठकले वरिष्ठ उपाध्यक्ष विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

उनले बुधबारदेखि कार्यभार सम्हालेका छन् । ‘महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउन निर्वाचन समितिसहित सबै सरोकारवाला पक्षसँग गम्भीर छलफल गरी अघि बढ्ने निर्णय गयो, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘महासंघले विपुल अध्यक्ष पोखरेलले अहिलेसम्म पुऱ्याउनुभएको योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गर्‍यो ।’

यसअघि महासंघका अध्यक्ष पोखरेलले गत सोमबार राजीनामा दिएका थिए । उनले मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्थाका कारणले सहज रूपमा काम गर्न सक्ने अवस्था नरहेको भन्दै राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाँकेमा तीव्र गतिका दुई मोटरसाइकल ठोकिँदा दुवै चालकको मृत्यु, तीन घाइते

काठमाडौं । बाँकेको कुण्डा-नारायणपुर हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका-४ लालपुरमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds