मोरङमा करेन्ट लागेर भारतीय दम्पतीको मृत्यु

काठमाडौं । मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनकी श्रीमती ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो ।

उनीहरू बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएका थिए ।

विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा क्रममा दुवै जनालाई बिहान ११ः५० बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाँकेमा तीव्र गतिका दुई मोटरसाइकल ठोकिँदा दुवै चालकको मृत्यु, तीन घाइते

काठमाडौं । बाँकेको कुण्डा-नारायणपुर हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका-४ लालपुरमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds