काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा आकर्षण घटिरहेको भन्दै सेवा प्रभावकारी बनाउन एक हप्ताभित्र प्रस्ट योजनाका साथ उपस्थित हुन सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
मन्त्रालयमा आयोजित आयुर्वेदसम्बद्ध अधिकारीहरूसँगको बैठकमा बोल्दै मन्त्री पौडेलले तत्काल स्रोत थप्न सकिने अवस्था नरहेको भन्दै मौजुदा अवस्थामै सुधार गर्न सकिने योजनाका साथ आउन आग्रह गरे । ‘सेवा सुधारका लागि आवश्यक नीतिगत व्यवस्था गर्न हामी तयार छौँ,’ उनले भने, ‘एक हप्ताभित्र प्रस्ट योजना लिएर आउनुहोला । द्रुत गतिमा सुधार ल्याउने गरी काम गरौँ । म साथ दिन तयार छु ।’ उनले स्रोतको मितव्ययी सदुपयोग गर्नका लागि समेत आग्रह गरे ।
मन्त्री पौडेलले आयुर्वेद उपचारले सान्दर्भिकता गुमाएको जस्तो देखिने भन्दै सुधार गर्न नसकिए पद ओगटेर बस्न नहुने बताए । ‘सकेसम्म सुधार गरौँ,’ उनले भने, ‘तर डुबाउने गरी (पदमा) नबसौँ ।’
देशमा आयुर्वेदबारे पर्याप्त अध्ययन अनुसन्धानसमेत नभएको, रिसर्च सेन्टर छैन, आयुर्वेद क्षेत्रमा भारतले गरेको प्रगतिबाट समेत सिकेर सुधार गर्नुपर्ने बताए ।
प्रतिकृया दिनुहॊस