एनएमबी बैंककाे एक वर्षमा ३५ प्रतिशत नाफा

काठमाडौं । एनएमबी बैंकले एक वर्षमा डेढ अर्ब रुपैयाँ नाफा कमाएकाे छ । बैैंकले गत आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ५१ करोड १३ लाख ८६ हजार रुपैयाँ नाफा कमाउन सफल भएकाे छ । याे अावकाे नाफा अघिल्लो अावकाे तुलनामा ३९ करोड ६३ लाखले बढेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ३५ दशमलव ५४ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्ष यो बैंकको नाफा १ अर्ब ११ करोड ५० लाख ६५ हजार रुपैयाँ  थियो । असार मसान्तसम्ममा संचित कोषमा ४ अर्ब २६ करोड रुपैयाँ बै‌कले जम्मा गरेको छ । असार मसान्तसम्मको सेयर पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ छ भने असार मसान्तसम्ममा निक्षेप ७३ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ भने ६१ अर्ब २१ करोड रुपैयाँ कर्जा सापटी दिएको छ उता १० अर्ब ५८ करोड रुपैयाँ लगानी गरेको छ ।  खराब कर्जा अनुपात १ दशमलव ६६ प्रतिशत रहेको बै‌कले जानकारी दिएकाे छ ।  बैकको प्रति सेयर आम्दानी २७ रुपैयाँ ६९ पैसा रहेको छ । सीसीडी रेसियो ७४ दशमवल ९० प्रतिशत रहेको छ भने यसको प्रति सेयर नेटवर्थ १६६ रुपैयाँ ०७ पैसा रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

तिहारपछि खुलेको शेयर बजारमा घट्यो कारोबार

काठमाडौं । दीपावलीको सार्वजनिक बिदापछि आज खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो …

प्रतिकृया दिनुहॊस