कुमारी बैंक लिमिटेड र हिमालयन रिसोर्टबिच सम्झौता

काठमाडौँ । कुमारी बैंक र धुलिखेलस्थित दूषित ठानी हिमालयन रिसोर्टबिच कुमारी बैंकका ग्राहकहरूलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले दूषित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरू जस्तै खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पुल, ज्याकूजी, स्टीम तथा सोनामा कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १५% छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds