नेप्सेमा ५५ अंकको गिरावट

काठमाडौँ । नेप्सेमा ५५ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५५.८६ अङ्कको गिरावट आउदा ओरालो २६४६. ०३ विन्दुमा रोकिएको छ ।

३२७ कम्पनिको कारोबार हुदा दुई करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार हाथवे इन्भेस्टमेन्टको शेयर मुल्यमा सबैभन्दा बढी ८.९८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, उन्नति लघुवित्तले सबैभन्दा बढी ७.७८ प्रतिशतले गुमाएको छ ।

सोमबार सबैभन्दा बढी सिइडीबी हाइड्रोको ३७ करोड ५७ हजारको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी हाइड्रोको सबै भन्दा बढी १३ लाख ८२ हजार ९०६ कित्ता शेयर कारोबार भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस