सिट्रोन सी३ र ईसी३ मा सांग्रिला मोटर्सले ल्यायो ‘फेस्टिभ अफर’

काठमाडौँ । नेपालमा सिट्रोन ब्रान्डको अधिकृत बिक्रेता सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन सी३ (आईसीई इन्जिन) र सिट्रोन ईसी३ दुवैमा ‘फेस्टिभ अफर’ ल्याएको छ।

कम्पनीका अनुसार सी३ मा ४ वर्षका लागि निःशुल्क इन्धन, ४ वर्षका लागि निःशुल्क मर्मतसम्भार, १ वर्षको निःशुल्क व्यापक बिमा, १ वर्षका लागि निःशुल्क सडक करको सुविधा दिइएको छ। ७.४ लाख डाउनपेमेन्टमा यो अफरअनुसार सिट्रोन खरिद गर्न सकिने कम्पनीको भनाइ छ।

त्यसैगरी ईसी३ साइनमा पनि कम्पनीले विशेष चाडपर्व छुट, निःशुल्क व्यापक बिमा, १ वर्षका लागि निःशुल्क सडक कर सुविधा दिइएको छ। प्रि–बजेट मूल्य ३५.९९ लाखमा यो गाडी उपलब्ध हुने कम्पनीको भनाइ छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री