लखनउमा भवन भत्किँदा पाँच जनाको मृत्यु, २८ घाइते

काठमाडाैं । भारतको लखनउमा भवन भत्किँदा ५ जनाको मृत्यु मृत्यु भएको छ। २८ जनाको उद्धार गरिएको छ भने धेरै जना फसेका छन् ।

लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले चार जनाको मृत्यु भएको पुष्टि गरे। ‘हालसम्म २८ जनाको उद्धार गरिएको छ । राष्ट्रिय प्रकोप प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिक्रिया कोष (एसडीआरएफ), अग्नि नियन्त्रक र प्रहरीले घटनास्थलमा उद्धार कार्य गरिरहेका छन्’, लखनउ नगरपालिका आयुक्त इन्द्रजित सिंहले भने।

प्रमुख अग्नी नियन्त्रक अधिकृत (सीएफओ) मङ्गेश कुमारले भत्किएको भवनमा अझै धेरै मानिस फसेको आशङ्का गरिएको बताए। ‘अझै धेरै मानिसहरू फसेको भनिएको छ। फसेकाहरुको यकिन सङ्ख्या थाहा हुन सकेको छैन’, कुमारले भने।

दमकल विभाग, एनडीआरएफ र एसडीआरएफ टोली घटनास्थलमा छन् । घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ। थप विवरण आउन बाँकी छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डडेल्धुरामा गोली प्रहार गरी महिलाको हत्या

काठमाडौं । डडेल्धुरामा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ । गोली प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले अमरगढी नगरपालिका-३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगरलाई पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहॊस