दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय

काठमाडौँ । सरकारले दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले किसानको रकम भुक्तानी गर्नका लागि संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको हो ।

यसअघि अर्थ मन्त्रालयले संस्थानलाई ऋण दिने सहमति दिएको थियो । मन्त्रिपरिषद् बैठकमा सो प्रस्ताव कृषि मन्त्रालयले लगेको थियो ।

आर्थिक वर्ष २०८१/०८२ मा दुग्ध विकास संस्थानको कच्चा दुधको आपूर्तिकर्ता दुग्ध किसानहरुलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोयोजनार्थ नगद प्रवाह व्यवस्थापन गर्नेगरी प्रविधि सुधार तथा व्यवसाय बिस्तार गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds