राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनस दर, प्रतिहजार ६० रुपैयाँसम्म

काठमाडाैं । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ ।

नेपाल बीमा प्राधिकरणले बीमाङकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गरेपछि कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ६० रुपैयाँ बोनसदर घोषणा गरेको हो ।साथै कम्पनीले बोनस दर बीमाङकीय मूल्यांकनका आधारमा परिवर्तनशील रहने पनि बताएको छ ।

गत भदौ १७ गते नेपाल बीमा प्राधिकरणले कम्पनीको आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७२/७३ सम्मको इनफोर्स पोलिसिज कायम गरेको जम्मा बीमालेख संख्या १ लाख ५२ हजार ८९० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गरेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप