यो वर्षको दशैंमा नयाँ नोट नसाटिने

काठमाडौं । यो वर्षको दशैंमा नयाँ नोट नसाटिने भएको छ । नेपाल राष्ट्र बैंकले यो पटक नोट नसाट्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले यो वर्ष नयाँ नोट नसाटिने जानकारी दिएका हुन् ।

नयाँ नोटको सट्टामा पुरानै सुकिला नोट भने दिइने उनले बताए । राष्ट्र बैंकले यो वर्षको दशैं–तिहारका लागि पनि ५, १० २०, ५० र १०० का सुकिला नोट सटही गर्नेछ । बैंकले प्रत्येक वर्ष प्रतिव्यक्ति १८ हजार ५०० नोट सटही गर्दै आएको छ । राष्ट्र बैंकले हरेक दशैं तिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको थियो ।

नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर सकेको थिएन । नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds