नेपालकी पलेशा पेरिस पाराओलम्पिकको क्वाटरफाइनलमा

काठमाडौं । जारी पेरिस पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई पराजित गरेकी छन् ।

शुक्रबार भएको खेलमा उनले मोराल्सलाई ३१-० ले पराजित गरेकी हुन् । योसँगै उनी क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।

के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यस प्रतिष्पर्धामा अब पलेशाले ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेसको सामना गर्नेछिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री