चलचित्र ‘छक्का पञ्जा ३’ ५१ दिनमा

काठमाडौं। चलचित्र ‘छक्का पञ्जा ३’ ले प्रदर्शनको ५१ दिन पुरा गरेको छ । दशैंको घटस्थापनाबाट प्रदर्शनमा आएको उक्त चलचित्रले १३ वटा हलमा सफलतापूर्वक ५१ औं दिन मनाएको  हो । 

उपत्यकामा  मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु, गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औं दिन मनाएको हो ।

चलचित्रका कलाकार, प्राविधिक तथा सञ्चारकर्मीलाई धन्यवाद दिदैं निर्देशक निरौला, लेखक, निर्माता तथा अभिनेता दीपकराज गिरी, निर्माता एवं कलाकार केदार घिमिरे, जितु नेपाल, नायिका दीपिका प्रसाईं लगायतले आफ्नो फेसबुकमा ५१ दिनको खुसी बाँडेका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री