काठमाडौं । सरकारले एकनारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
वर्तमान मुख्य सचिव लीलादेवी गड्तौला शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो । उनी नेपालको २७औं मुख्यसचिव बन्नेछन् ।
२०७७ भदौमा सचिवमा बढुवा भएका उनी काठमाडौं जस्तो संवेदनशील जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेका छन् । त्यसका अलवा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा काम गरिसकेका छन् ।
उनी नेपाली महावाणिज्य दूतावास कलकत्तामा महावाणिज्य दूत पनि बनिसकेका हुन् ।
प्रतिकृया दिनुहॊस