अमेरिकामा अध्ययनरत भोजपुरकी मुना पाण्डेको हत्या

काठमाडौं । अमेरिकाको टेक्सस शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डेको टेक्ससस्थित ह्युस्टनको एक अपार्टमेन्टमा गोली हानी हत्या भएको हो ।

समाचार एजेन्सीहरुकाअनुसार उनको छातीमा गोली लागेको छ । प्रहरीले अपार्टमेन्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनाको शव फेला पारेको थियो । अपार्टमेन्टका कर्मचारीहरूका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो ।

त्यसपछि अपार्टमेन्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेन्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो । मुनाका साथीहरूका अनुसार उनको फोन दुई दिनदेखि स्वीच्डअफ थियो । तर उनको फोन भने फेला परेको छैन ।

नेपालमा रहेका उनका परिवारका सदस्यलाई घटनाका बारेमा खबर गरिसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । २०२१ मा मुना स्नातक अध्ययनका लागि अमेरिका गएकी थिइन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फैसलाको पूर्णपाठ प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु : दीपक मनाङ्गे

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ ‘दिपक मनाङ्गे’ ले आफूविरुद्ध मुद्दाको पूर्णपाठ आएपछि …

प्रतिकृया दिनुहॊस