कथाले छोयो, प्रकाशलाई भेटेर कुरा सुन्न चाहन्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’मा ‘हराएका वर्षहरु’ हेरेपछि भावुक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत कथाले मन छोएको बताएका हुन् ।

नले प्रकाश तामाङ र विद्या चापागाईंलाई भेटेर यस विषयमा कुरा गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रकाश तामाङ (काले मोक्तान) को परिवारसँग मिलनको दृश्यले आँशु आयो । सोचें–यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान् ! एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु । विद्या चापागाईं प्रभावशाली ‘स्टोरी टेलर’ हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु । विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्नेछु । यस मर्मस्पर्शी कथालाई दृश्यमा ल्याई दिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !!’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds